प्रतीकात्मक तस्बिर

१६ बैशाख २०८२,हेटाैंडा । मकवानपुरमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएकाे छ । मकवानपुरको बागमती गाउँपालिका- ३ देउजोरमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा साेमबार राति रुखमा च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयाे ।