काठमाडौँ – निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगको आज बसेको बैठकले साउन ३ गते आइतबारदेखि सबै निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा भएका कारण बन्द रहेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य बन्द रहेकोमा गत असार २८ गतेको सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएकाले आइतबारदेखि मतादाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारु गरिएको आयोगले जनाएको छ ।