काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेग (Francois- Xavier Leger )ले बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति भण्डारी र फ्रान्सका राजदूत लेगबीच नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।