हेटौंडा – बागमति प्रदेशको एकमात्र हेटौंडा उपमहागरपालिकामा २० हजार ८३४ मतदाता बढेका छन् । निर्वाचन आयोगको विवरण अनुसार पाँच वर्ष अघि पुरुष ४० हजार २१२ र महिला ४३ हजार ४२५ गरी ८३ हजार ६३९ मतदाता रहेकोमा अहिले बढेर पुरुष ५० हजार ७२५ र महिला ५३ हजार ७४५ गरी एक लाख चार हजार ४७३ पुगेको छ । नेपालका ११ वटै उपमहागरपालिकामा मतदाता बढेका छन् । २०७४ सालको तुलनामा २०७९ सालको स्थानीय चुनावमा मतदाता बढेका हुन् । ११ वटा उपमहागरपालिकामध्ये सबैभन्दा धेरै दाङको घोराही उपमहानगरपालिकामा ३४ हजार पाँच सय मतदाता बढेका छन् ।