३ नम्बर प्रदेशका भुमि, ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नीशोक परेको छ । मन्त्री लामाकी धर्मपत्नी कान्छिमाया लामाको ५८ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।
लामो समयदेखी क्यान्सरबाट पिडित उहाँको हेटौडास्थित सरकारि निवासमा आज बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामाको शवलाई अहिले भण्डारा लगिएको छ । उहाँको निजि निवासमा बौद्ध परम्पराअनुसार अन्त्यष्टि गरिने जनाइएको छ । लामा बिगत एक बर्ष देखि कलेजोको क्यान्सरसँग लड्दै आउनुभएको थियो ।