हेटाैंडा, १२ भदौ । बागमती प्रदेश सरकारले सिन्धुली जिल्लाको गोलञ्जाेर गाउँपालिकास्थित गोलञ्जाेर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश सरकारले इसिजी मेसिन, बाइनोकुलर, प्यासेन्ट मोनिटर, इएनटी उपकरण र विभिन्न आवश्यक औषधिहरूलगायतका सामग्रीहरू उपलब्ध गराएको हाे ।
उक्त स्वास्थ्य सामग्री प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गोलञ्जाेर गाउँपालिकाका अध्यक्ष शङ्करराज बराललाई हस्तान्तरण गर्नुभएको हो । साे अवसरमा मन्त्री थापाले अस्पतालकालागि प्रदान गरिएका सामग्रीहरूले उपचार सेवामा थप सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकार स्वास्थ्य सेवा सुधार र विस्तारमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष बरालले प्रदेश सरकारको सहयोगले स्थानीयवासीले नजिकमै गुणस्तरीय उपचार सेवा पाउने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले प्राप्त सामाग्रीको उचित सदुपयोग गर्दै सेवा प्रवाह गरिने स्पष्ट पार्नुभयो । यसअघि आधारभूत स्वास्थ्य सेवा मात्र प्रदान गर्दै आएको गोलञ्जाेर अस्पतालमा आवश्यक उपकरण र औषधि अभावका कारण बिरामीले कठिनाइ भोग्नुपरेको थियो। नयाँ उपकरण तथा औषधिहरू उपलब्ध भएपछि आकस्मिक उपचारदेखि नियमित सेवा सहज हुने जनाइएको छ।