मकवानपुर, १२ भदौ । । मकवानपुरमा नागरिकको तहबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुले यो वर्षको छात्रवृति वितरणको तयारी गरेको छ । अभिभावक विहिन तथा विपन्न परिवारका जेहेन्दार बालवालिकाको शिक्षामा सहयोग उपलब्ध गराउने गरि कोषले छात्रवृति उपलब्ध गराउने तयारी गरेको हो ।
बालिकाहरुको शिक्षामा पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त कार्यक्रमका लागि आवश्यक प्रक्रिया सुरु गरिएको कोषका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्थित स्थानीय तहका शिक्षा शाखालगायत सरोकारवालालाई पत्र मार्फत छात्रवृत्तिको प्रकृया सुरु भएकोले सहजीकरण गरिदिन अनुरोध गरिएको बताउनुभयो । कोष मार्फत प्रत्येक पालिकाबाट कक्षा ९–१२ मा अध्ययनरत कम्तीमा ३ जना अभिभावक बिहिन विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने कार्यक्रम भएकोले विद्यालयहरुलाई सूचना गरी आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको उहाँले बताउनुभएको छ ।
छात्रवृत्ति वितरण कार्यविधि अनुसार विद्यालय र स्थानीय तहले सिफारिस गरी पठाएको आवेदनका आधारमा कक्षा ९ देखि १२ सम्मका छात्राहरुलाई छात्रवृत्ति वितरण प्रक्रिया सञ्चालन हुने उहाँले बताउनुभयो । कोषले विद्यालयहरुलाई अनुरोध गर्दै बालबालिकाको विवरण, आर्थिक अवस्था, अभिभावकको सहमति तथा आवश्यक कागजातसहितको आवेदन भदौ ९ गतेदेखि २३ गतेभित्र पेश गर्न आग्रह गरेको छ । छात्रवृत्ति सम्बन्धी थप जानकारी तथा सहजीकरणका लागि कोषको हेटौँडा–४, शिलतमहल चोक स्थित कार्यालय वा मोबाइल नम्बरहरु ९८५५०६७७५९, ९८५५०६९५०२ र ९८५५०७४६९९ मार्फत सम्पर्क गर्न समेत सकिने खुलालले बताउनुभयो ।