निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म १ लाख ४९ हजार ६७३ जनाको मनोनयन दर्ता भएको छ । यसैबिच निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठले कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मतपत्र ढुवानी कार्यतालिका अनुसार अब दैनिक रुपमा मतपत्र ढुवानी हुनेछ ।