फाइल तस्विर

मकवानपुर– मकवानपुरमा ६० वर्षिय एक बृद्ध (पुरुष ) एक हप्तामै कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । उहाँ कोरोना संक्रमण मुक्त भएर हेटौंडा–४ स्थित आइसोलेसन वार्डबाट आज डिस्चार्ज हुनुभएको छ । विहिबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई आईसोलेसन वार्डबाट डिस्चार्ज गरिएको हो ।
वैदेशिक रोजगारीबाट फर्किएर सुरुमा हेटौंडा–१३ रमन्थली स्थित आफ्नै घरमा क्वारेन्टाईनमा बस्नुुभएका उहाँको गत साउन १३ गते आईसोलेसन वार्डबाट स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाईएकोमा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । तर, आज हप्ता दिनमा प्रथम परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछी उहाँ आजै साँझ डिस्चार्ज भई घर फर्किनुभएको आइसोलेसन वार्डका ईञ्चार्ज डा. अर्जुन खड्काले जानकारी दिनुभएको छ । त्यस क्रममा उहाँले कोरोनासँग संघर्ष गर्न आफ्नो मनोबल उच्च बनाउन समेत सबैलाई आग्रह गर्नुभएको छ ।
हेटौंडा–४ स्थित आईसोलेसन वार्डमा आजसम्म ३७ जनाले सेवा लिएको समेत ईन्चार्ज खड्काले जानकारी दिनुभयो । हाल आइसोलेसनमा १० जनालाई आईसोलेट गरि राखिएको र २७ जना भने यस अघि नै नेगेटिभ रिपोर्ट आई डिस्चार्ज भईसकेको उहाँले जानकारी दिनुभयो ।