यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासकासाथ मनाउँदै आएको छ । कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासकासाथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो।

यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ । उहाँले भन्नुभयो, “स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४र८४ जनाको गुल्मले बढाइँ गथ्र्यो भने यसपटक सामाजिक दूरी कायम गरी २५÷२५ जनामा सीमिति गरिएको छ । ” बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनुहुनेछ। विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेनाने जनाइएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को सङ्ख्या विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यसपटक सेनासहित पाहुनाको सङ्ख्या १०० जनामा सीमित राखिने छ ।

रासस