file photo

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विकास साझेदार संस्थाहरुसंग आज छलफल गर्नु भएको छ । यस प्रदेशमा काम गर्दै आएका बिदेशी दातृ निकायका प्रतिनिधिहरुसंग आज मकवानपुरको इन्द्रसरोवरमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शाक्यले छलफल गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाक्यले बिकास साझेदारहरुलाई नीतिगत हिसाबले प्रदेश सरकार सहयोग गर्न तयार रहेको वताउनुभयो । प्रदेशमा आफ्ना बिकासका काम गर्दा बिकट गाउँका नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नका लागि उहाँले निर्देशन दिनुभयो । कुनैपनि काम गर्दा कार्यान्वयन गर्नका लागि सहज वनाउने वताउनुभयो । काम गर्दा मानब सुचाङ्क कम भएका क्षेत्रमा गएर काम गर्न मुख्यमन्त्री शाक्यले निर्देशन दिनुभयो । कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार माधब अर्याल, मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।