हेटौंडाः नेकपा एकीकृत समाजवादी पार्टीको बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन हुनु भएकाे छ । आइतबार बागमती प्रदेश सभा सचिवालयमा निर्वाचन आयोगले पठाएको नेकपा एमाले विभाजन पत्र दर्ता भएसँगै समाजवादी सांसदहरुको बसेको बैठकले पाण्डेलाई दलको नेतामा चयन गरेको हाे ।

संसदीय दलका नेतामा चयन भएसँगै पाण्डेले छोटो विधिबाट सरकार परिवर्तन गर्ने बताउनुभएको छ । गठबन्धनको सरकारले बागमती प्रदेशमा अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाउने तयारी गरेको छ । नेकपा विभाजनपछि बागमती प्रदेशको १३ सांसदहरुले समाजवादी रोजेका थिए । बागमती प्रदेश सभामा नेकपा एमाले संसदीय दलको कार्यालयको स्थापना भएको छ । नेकपा एकीकृत समाजवादीको सोमबार बस्ने बैठकले दलको उपनेता, सचेतक लगायत चुन्ने दलका नेता पाण्डेले जानकारी दिनुभयो ।