मकवानपुर– मकवानपुरमा बुधबार साँझ थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग तथा तालिम केन्द्रमामा गरिएको परिक्षणमा ३० जना महिला र ३५ जना पुरुष गरि ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
असोज ३ गते संकलन गरिएको २८६ जनाको स्वाब मध्ये १८३ जनाको परीक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । चौलागाईंका अनुसार ६५ जना मध्ये ६३ जना हेटौंडा नगर क्षेत्रका र दुईजना जिल्ला बाहिरका हुन् । योसंगै आज मात्रै मकवानपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको छ । यस अघि आज बिहान मात्रै मकवानपुरका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
