काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी देश मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल नेपालले जितेको छ । दशरथ रङ्गशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो ।
नेपालको जितमा खेलको ५४औँ मिनेटमा विमल घर्तीमगरले गरेको गोल नै निर्णयक बन्यो । पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका थिए । नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलवार हुनेछ ।