file photo

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पालिका चुनावकाे परिणामपछि आफ्नो पार्टी सत्तारूढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ । आज शनिवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढङ्गले गठबन्धन हुँदै नभएको भन्दै चुनावकाे परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको हो ।
उहाँले आफूहरूको असन्तुष्टि सत्तारूढ दलहरूको बैठकमा राखिएको र आन्तरिक रूपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रियासमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी पालिका चुनावकाे परिणामबाट धेरै असन्तुष्ट छौँ । पाँच दलभित्र सम्मानजनक ढङ्गले गठबन्धन हुँदै भएन । त्यो असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौँ । हामी आफैँ पनि समीक्षा गर्दैछाैँ ।’ फरक प्रसङ्गमा नेता खनालले तत्काल वामपन्थी दलहरूबीच एकता आवश्यकता रहेकाे भए पनि सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताउनुभयो ।