मकवानपुर– जिल्ला अदालत मकवानपुरमा चालु आर्थिक वर्षको फागुन २४ गते सम्म ८४५ वटा मुद्धा फ¥छ्यौट भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन मार्फत अदालतले चालु आर्थिक वर्षमा करीब ४३ प्रतिशत मुद्धा फ¥यौट भएको जानकारी दिएको हो ।

चालु आर्थिक वर्षमा अदालतमा रहेका कुल १९ सय २५ मुद्धाहरु मध्ये फागुन २४ गतेसम्म ८४५ मुद्धा फ¥छ्यौट भएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को कारण जारी लकडाउनले न्याय सम्पादनमा असर परेको हो । अदालतले चालु आर्थिक वर्षमा १ हजार ७ सय १४ थान मुद्धाको फैसला गर्ने लक्ष्य लिएपनि हालसम्म ८४५ मुद्धा मात्रै किनारा लगाउन सकेको र अझै १ हजार ४० मुद्धाहरु फछ्यौट हुन बाँकि रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले अदालतमा चालु आर्थिक वर्षमा १ हजार ११ मुद्धा दर्ता भएको साथै अघिल्लो आर्थिक वर्ष ०७६/७७ बाट ९ स १४ मुद्धा जिम्मेबारी सरेर आएको तथा फैसला हुन नसकेको २ वर्ष नाघेको ४ थान मुद्धा रहेको बताउनुभयो । यस्तै अदालतमा १८ महिना कटेको ६६ मुद्धाहरु फ¥छ्यौटको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । यस्तै अदालतमा १ वर्ष देखि १८ महिनासम्मका १६६ मुद्धाको फैसला हुन बाँकि भएको श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो ।