मकवानपुर – रोटरी क्लब अफ हेटौंडाले मकवानपुरका तीन जना व्यक्तिलाई भोकेस्नल एक्सिलेन्स अवार्ड प्रदान गरेको छ । क्लबले मकवानपुरमा जन्मिएर विभिन्न पेशामा संलग्न रहेका व्यक्तिहरुलाई शनिबार भोकेस्नल एक्सिलेन्स अवार्ड प्रदान गरेको हो ।
कोरोना महामारीका कारण तीन वर्ष देखि प्रदान गर्न नसकिएको अवार्ड शनिबार एक कार्यक्रमबिच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पं्रदान गर्नुभएको हो । भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट मकवानपुरका न्युरो सर्जन डा. गोपालरमण शर्मा, २०२१ बाट एसियाकै पहिलो महिला फिफा रेफ्री कल्पना शर्मा र २०२२ बाट मुटुरोग विशेषज्ञ प्रा.डा प्रेमराज वैद्यलाई अवार्ड प्रदान गरिएको गरिएको हो । डा. वैद्य हेटौंडाको पहिलो मुटुरोग विशेषज्ञ हुन् । शर्मा, लामा र बैद्यलाई अवार्डसँगै नगद २५÷२५ हजार रुपैयाँ राशीबाट सम्मानित गरिएको हो ।
रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले हेटौंडामा किड्नी प्लान्ट सेवा सुरु गरी नेपालकै हवको रुपमा विकास गरिने बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ लगायतको उपस्थिति रहेको थियो ।