मकवानपुर– बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपाल सरकारले कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउनुहुने भएको छ । प्रदेश प्रमुखको कार्यालयद्धारा आज विज्ञप्ती जारी गर्दै नेपाल सरकारद्धारा स्थापित “कोराना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लाई आफ्नो एक महिना बराबरको पारिश्रमिक प्रदान गर्ने जनाईएको छ ।
विश्वव्यापी रुपमा फैलीएको कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि कोरोना भाइरसको उपचार कोषमा जम्मा हुनेगरी रकम सहयोग गर्न लागिएको प्रदेश प्रमुख प्रसाईंले जानकारी दिनुभयो । विश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखा परेमा थप समस्या हुने भन्दै आफुहरुले सहयोग गर्न लागेको प्रदेश प्रमुख प्रसाईले बताउनुभयो ।