मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) का केन्द्रिय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रचण्ड र माधव नेपालको सत्ता मोहकै कारण देशमा अहिलेको अवस्था सृजना भएको बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका–१८ मा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले व्यक्तिगत स्वार्थ र सत्ता मोहका कारण देशमा अहिलेको अवस्था सुजना भएको बताउनुभयो ।

No description available.

प्रमुख खुलाले सरकारको काम छाडेर देशका प्रमुख व्यक्ति (प्रधानमन्त्री) ले नेताहरुलाइ सधैं ज्यु–हजुर गर्नु परेकाले आजित भएर प्रधानमन्त्रीले यस्तो वाध्यात्मक कदम उठाउनु परेको बताउनुभयो । जनताबाट निर्वाचित प्रधानमन्त्रीले जनतामा जान्छु भन्नु लोकतान्त्रिक र क्रान्तिकारी कदम भएको उहााको भनाई थियो । “जनताबाट निर्वाचित प्रधानमन्त्रीले जनतामा जान्छु भन्नु लोकतान्त्रिक र क्रान्तिकारी कदम हो । अहिले केहि मान्छेहरु प्रधानमन्त्रीको उक्त कदमलाई प्रतिगमन भनेर भ्रम छर्ने र कोकोहोला मच्याइरहेका छन्, तीनिहरु विकास विरोधि हुन् । हामीले दह्रो खुट्टा टेकेर अगाडि बढ्नुपर्छ र त्यसता व्यक्तिलाई पहिचान गर्नुपर्छ ।” उहाँले भन्नुभयो । विकास र समृद्धिको मार्गमा देश अगाडी बढेको अवस्थामा जनतामा निराशा छर्ने काम प्रचण्ड र माधव नेपालले गरेको उहाँको भनाई थियो । उहाँले वर्तमान राजनीतिक अवस्थादेखि निराश नहुन आव्हान गर्दै ताजा जनदेशसँगै मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभयो ।

No description available.

भेलामा नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले पाट्री सुदृढीकरण र संगठन निर्माणमा दृढतापूर्वक लाग्न आव्हान गर्दै सत्ता र कुर्सिको मोह प्रचण्ड र माधव नेपाल दुवैमा हावि भएको बताउनुभयो । माधव नेपाल र झलनाथले पार्टी प्रमुखका रुपमा काम गर्दा पाट्रीलाई कुन अवस्थामा पु¥याउका थिए भन्ने कुरा जनतामा जगजाहेर रहेको भन्दै पार्टीलाई अहिलेको अवस्थासम्म पुर्याउने रास्ट्रीयतावादी, क्षमताबान, र दृढ निर्णय गर्ने छमता भएका नेता केपिओली मात्रै भएको उहाँको भनाई थियो । उहाँले हिजो पनि जनताकै बिचमा रहेको र अहिलेपनी जनतामा जाने भन्दै अहिलेको कदम बाध्यतावस उठाइएको हुनाले यसबाट कोहि पनि निरास हुन नपर्ने बताउनुभयो ।

No description available.

नेकपा १८ नम्बर वडा कमिटीका अध्यक्ष इमान बहादुर थापाको अध्यक्षतामा भएको भेलामा नेकपा नगर कमिटी कार्यालय सदस्य नरहरी महत, वडा कमिटी सदस्य बिश्व नाथ ढुङ्गाना, रबिन्द्र सुर्खेती ,तोय नाथ सुवेदीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । आजको भेलाले इमान बहादुर थापाको अध्यक्षतामा ५१ सदस्य पार्टी वडा कमिती गठन समेत गरेको छ ।