हेटाैंडा – राष्ट्रिय भूमि आयोगले छुट भएका २७ जिल्लाका ६८ स्थानीय तहको लगत सङ्कलन माघ १८ गतेदेखि सुरु गर्ने जनाएको छ । आयोगले छुट भएका सुकुम्वासी दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास भएकाहरूको लगत सङ्कलन गर्न लागको हो ।
आयोगले सूचना जारी गर्दै माघ १८ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडामा तोकिएका लगत सङ्कलक मार्फत लगत पेस गर्न आग्रह गरेको छ । आयोगले तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदनबाहेक छुटपुट भएकाहरूको लगत सङ्कलन गर्न लागेको हो । आयोगले यसअघि निवेदन दिएकाहरूका हकमा निस्सा लिन, जग्गा नाप जाँच तथा चेकजाँच गराउन अनुरोध समेत गरेको छ ।