मकवानपुर– हेटौडा स्कुल अफ म्यानेजमेन्टका संचालक एवं समाजसेवी पुरणवहादुर जोशीले कोरोना भाइरस महामारी विरुद्धको सरकारी कोषमा १२ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । कारोनो संक्रमण भएका विरामीको उपचार तथा नियन्त्रणका लागि स्थापना गरिएको उपचार कोषमा १२ लाख रुपमा सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
जोशीले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख र जिल्ला समन्वय समिती मकवानपुरले स्थापना गरेको ‘कोरोना आपतकालीन कोषमा’ २ लाख रुपैया गरी १२ लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ । संचालक जोशीले मंगलवार नै दुवै कोषको खातामा रकम जम्मा गर्न खोज्दा वैकहरु वन्द भएकाले जम्मा गर्न नपाएको वतँउनुभयो । वैकहरु खुल्ने वितिक्कै रकम जम्मा गरिदिन्छु जोशीले भन्नुभयो ।
यसैगरी वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद सेढाईले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस महामारी विरुद्धको सरकारी कोषमा एक महिनाको तलब वरावरको रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ ।