मकवानपुर – नेपाल सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि मकवानपुरका दश स्थानीय तहलाई ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले एक उपमहानगरपालिका एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी चार अर्ब २९ करोड ३९ लाख बजेट उपलब्ध गराएको हो ।
जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकालाई एक अर्ब ६ करोड ९५ लाख र सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकालाई २३ करोड ६२ लाख बजेट छुट्याइएको हो । जिल्लको थाहा नगरपालिकालाई ४५ करोड ८८ लाख, कैलाश गाउँपालिकालाई २९ करोड ५४ लाख, बकैया गाउँपालिकालाई ४३ करोड ८३ लाख, बागमती गाउँपालिकालाई ३६ करोड १२ लाख बजेट विनियोजन गरिएको छ । यस्तै भीमफेदी गाउँपालिकालाई ३५ करोड ५९ लाख, मकवानपुरगढी गाउँपालिकालाई ३७ करोड ७९ लाख, मनहरी गाउँपालिकालाई ३७ करोड १८ लाख र राक्सिराङ गाउँपालिकालाई ३२ करोड ८९ लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । प्राप्त बजेट मध्ये ३ अर्ब ९० करोड ४ लाख रुपियाँ अर्थात ९०.८३६ प्रतिशत बजेट चालु शीर्षकका रहेको छ । भने बाँकी ३९ करोड ३५ लाख रुपियाँ मात्र अर्थात ९.१६४ प्रतिशत बजेट पुँजीगत शीर्षकमा रहेको छ । संघीय सरकारबाट प्राप्त बजेट प्रतिशतका आधारमा हेटौंडा उपमहानगर पालिकाले सबैभन्दा कम २.५५३ प्रतिशत पुँजीगत खर्च पाएको छ । भने सबैभन्दा बढि भिमफेदी गाउँपालिकाले १४.२१७ प्रतिशत बजेट पुँजीगत शीर्षकमा पाएको छ । त्यस्तै थाहा नगरपालिकाले १०.११३ प्रतिशत बजेट पुँजीगत शीर्षकमा पाएको छ । इन्द्रसरोवर गाउापालिकाले १२.८७०, कैलाशले १०.१५६, बकैयाले ७.५५२, बागमतीले १३.०९५, मकवानपुर गढीले १३.८९३, मनहरीलेले ११.४३१ र राक्सिराङ गाउँपालिकाले १०.१५५ प्रतिशत बजेट पुँजीगत शीर्षकमा पाएको छ ।
यस्तो छ, संघीय सरकारबाट मकवानपुरका स्थानीय तहले पाएको बजेट ।
