नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गर्दै राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै संघीय संसद् भवनबाट बाहिरिने क्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि पहल गर्ने बताउनु भएकाे हाे । नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भने सोमबार अर्थात् फागुन २९ गते हुनेछ ।