मकवानपुर– मदन भण्डारी फाउण्डेसन मनहरी गाउँपालिकाद्धारा आज आयोजित बृहत रक्तदान कार्यक्रममा १२५ जनाले रक्तदान गरेका छन् । ५८ औं रेडक्रस स्थापना दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा १२५ जनाले रक्तदान गरेका हुन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी मनहरी गाउँपालिका कमिटीले नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो । कोरोना सङ्क्रमणका कारण रक्तदान कार्यक्रम नभइरहेका बेला रगतको अभाव टार्न रेडक्रस दिवसमा रक्तदान गरिएको मदन भण्डारी फाउण्डेसन मनहरी गाउँपालिकाका अध्यक्ष पुकार सुवेदीले जानकारी दिनुभयो । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मनकामना मन्दिर परिसरमा स्वास्थ्य सुरक्षा विधि अपनाई भौतिक दूरी कायम गरी रक्तदान आयोजना गरिएको हो ।