सबै मिलेर सकारात्मक सोचका साथ कोरोना बिरुद्ध लाग्न आग्रह

मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समुदायमा कोरोना संक्रमण फैलनबाट बचाउन तथा यसको रोकथाममा बिषेश चासो लिनुभएको छ । समुदायमा कोरोना संक्रमण फैलनबाट जोगाउने तथा जनचेता अभिबृद्धि गर्न नगरका विभिन्न वडाहरुमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थयकर्मीलगायतसंगको छलफललाई उहाँले निरन्तरता दिनुभएको छ ।

कोरोना बिरुद्धमा समुदाय नै सचेत र सुरक्षित हुनु पर्ने भन्दै उहाँले त्यसका लागि जनचेतना महत्वपुर्ण भएकाले छलफललाई निरन्तरता दिनुभएको छ । यस अघि हेटौंडाको वडा नम्बर १५, ८ र १९ मा समुदायलाई सचेत बनाउन सरोकारवालासंग छलफल गर्नुभएका प्रमुख खुलालले शनिबार हेटौंडा १० मा छलफल गर्नुभएको हो । सो क्रममा उहाँले समुदायमा कोरोनाले पारेको प्रभाव र नियन्त्रणका लागि भए गरेका कामहरुको जानकारी लिने तथा आवश्यक परामर्श र सल्लाह आदान प्रदान गर्नुभएको छ । छलफलका क्रममा उहाँले समुदायमा कोरोना फैलनबाट रोक्न सबैको साझा प्रयास र प्रयत्न जरुरी रहेको र समाजका अगुवाहरुको अहिलेको दाईत्व समेत त्यही भएको समेत बताउनुभयो । आफु सुरक्षित हुने र समुदायलाई सुरक्षित गर्ने कुरामा सबै मिलेर सकारात्मक सोँचका साथ कोरोना बिरुद्ध लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

प्रमुख खुलालले अहिले समुदायमा कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बस्नेहरुले हेलचेक्रयाईँ गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड प्रति लापर्वाही गर्ने, मापदण्डलाई वेवास्था गर्ने प्रबृतिले संक्रमण फैलने जोखिम बढेकाले त्यसप्रति गम्भीर हुन आग्रह गर्नुभयो । उहाँले कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुले नियमको पालना नगरी मनपरि छाडा हिड्ने प्रबृतिले आफु, परिवार र समुदायलाई जोखिममा पु¥याएको समेत बताउनुभएको छ । प्रमुख खुलालले समुदायमा जनचेतना अभिबृद्धि गर्ने, सामाजिक बिकृति फैलन नदिने, सामाजिक सद्भाव कायम राख्ने, स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने र गर्न लगाउने कुरामा विशेष भुमिका खेल्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।
त्यस्तै सामाजिक सञ्जालमा नचाँहिदो र समुदायलाई भड्काउने कुरा सुनेर, पढेर, हेरेर त्यसैको लहै लहैमा लागरे कोरोना केहि पनि हैन र यसले सबै समाप्त पार्छ भनने बुझ्नु दुवै गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो– कोरोना हुँदै हैन यो बेकारको हल्ला हो भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुले बुझ्नु पर्छ कोरोनाका कारण संसारमा लाखौं मानिसको ज्यान गएको, नेपालमै पनि मृत्युदर बढ्दो छ, यो वास्तविक्तालाई नजर अन्दाज गरेर नचाँहिदो हल्लामा हामी बहकीन पुग्यौ भने यसको परिणाम अरुले होईन, हामी आँफैले भोग्नु पर्ने छ, पछि पश्चाताप मानेर केही हुँदैन ।” यस्तो हललाले समुदायलाई गम्भीर जोखिममा पु¥याएको भन्दै समुदायलाई यस विषयमा सचेत बनाउन पनि जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी सबै लाग्नु पर्ने बताउनुभयो ।

छलफलका क्रममा १० नम्बर वडा अध्यक्ष किताब सिंह लामाले वडामा अहिले सम्म ५४ जना स्थानीयवासीमा संक्रमण पुष्टि भएकोमा १३ जना निको भईसकेको, २९ जना होम आइसोलेसनमा रहेको र १२ जना संस्थागत आइसोलेसनमा रहेको जानकारी दिनुभयो । उहाँले सम्बन्धीत निकायबाट रिपोर्टिङ र निर्देशनमा कमी महसुस गरेको, एम्बुलेन्स नपाउने तथा अस्पतालमा समेत समस्या रहेको, जनचेतनामा कमी रहेको, माथिल्लो निकायको व्यवस्थापन पक्षमा कमजोरीका कारण काम गर्न समस्या भएको बताउनुभयो । उहाँले १० नम्बर वडा घना वस्ती र बाहिरबाट आएर बस्नेहरु बढी रहेकाले पनि समस्या रहेको बताउनुभयो । उहाँले सिमा नाकामा कडाई नहुँदा समेत यस्तो समस्या भाग्नु परेको भन्दै गुनासो गर्नुभयो । छलफलमा १० नम्बर वडा सदस्यहरु ईन्द्र प्रसाद नेपाल, साधना श्रेष्ठ, उमा सुनार, धर्म बस्नेत, राजनैतिक दलका तर्फबाट नेकपा जिल्ला कमिटी सचिवालय सदस्य फुर्वा दोर्जे लामा, नेकपा १० नम्बर अध्यक्ष राज कुमार बिश्वकर्मा,नेपाली कांग्रेस सभापती कालु घलान, राप्रपा अध्यक्ष अम्बर बहादुर लामा, टोल विकास संस्था नगर समन्वय समिति सदस्य गणेश मान श्रेष्ठ, हेडम्बा सहरी स्वास्थय केन्द्रकी प्रमुख विजयता सापकोटालागयतको सहभागिता थियो ।