हेटौंडा – नेकपा एमाले निकट अखिल नेपाल महिला (अनेम) संघ मकवानपुरले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भब्य रुपमा मनाएको छ । मंगलबार हेटौंडामा विशेष कार्यक्रमको आयोजना गरेर ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा अनेम संघको स्थापना दिवश भव्य रुपमा मनाएको हो ।

अनेम संघ मकवानपुरका अध्यक्ष सुमित्रा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका बिभिन्न वडाबाट भव्य सहभागिता रहेको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले स्थानीय तहको चुनाबमा एमालेलाई पहिलो स्थानमा राख्न सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सहईन्चार्ज तथा अनेमासंघ केन्द्रीय सचिवालय सदस्य जुनेली श्रेष्ठले महिलाहरुले अब हरेक क्षेत्रमा आफ्ना अधिकार मागेर भन्दा पनि क्षमता देखाएर लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

May be an image of one or more people and people standing

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यहरु अनन्त पौडेल, रघुनाथ खुलाल, बलराम बल, अणराज जर्गा मगर, गोपाल बहादुर श्रेष्ठ, नबराज तिमल्सीना, बरिना बल, अनेम संघ केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज पद्मा पौडेल, अनेमासंघ केन्द्रीय सदस्यहरु पार्वती राना, मेनुका दाहाल, जुना दाहाल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, अनेम संघ प्रदेश कमिटीका सचिवालय सदस्यहरु गणेश कुमारी श्रेष्ठ, लक्ष्मी गजुरेल, सर्मिला विक लगायतकाको आतिथ्यता रहेको थियो ।