हेटौँडा– नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघ मकवानपुरले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार महिला खुल्ला दौड प्रतियोगिता आयोजना गरेको छ । समानताको लागि दौड भन्ने मुल नाराको साथ महासंघले ३ किलो मिटर महिला खुल्ला दौड प्रतियोगिता आयोजना गरेको हो ।

हेटौँडा—४ हुप्राचौरबाट सुरु भएकोे दौड सितलमहल चोक, पुर्वीगेट हुँदै पुनः खेलमैदानमा आएर टुंगिएको थियो । खेलका गतिविधिमा महिलाहरु पनि पुरुष सरह भाग लिन सक्छन् भन्ने देखाउन नारी दिवसको दिन पारेर प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा निर्धारित दूरी १२ मिनेट ४३ सकेण्डमा पार गर्दै अमृता मुक्तान विजयी हुनुभयो । भने रितिका तिमल्सिना र लक्ष्मी थिङ क्रमश १२ मिनेट ५४ सकेण्ड र १३ मिनेट २३ सकेण्डमा पार गर्दै द्धितीय र तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम हुनेले ट्रफी, प्रमाणपत्र र खेल सामग्रीसहित क्रमश नगद १० हजार,७ हजार र ४ हजार प्राप्त गर्नुभयो ।

प्रतियोगिताका विजेतालाई कार्यक्रमकी प्रमुख अतिथी बागमती प्रदेशका पुर्व सामाजिक राज्यमन्त्री जुनेली श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण गर्नुहुँदै प्रमुख अतिथी श्रेष्ठले महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुबैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामा, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, हेटौंडा—४ का वडा अध्यक्ष नविन सिग्देल, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, अनेम संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला सदस्य तथा मदनभण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय सदस्य सानु लामा, मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतको आथित्यता रहेको थियो । ‘‘सामाजिक न्याय र लैगिंक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ यस वर्षको महिला दिवस मनाईएको छ ।