मकवानपुर । नेकपा एमाले हेटौंडा–९ का नयाँ संगठित सदस्यहरुले सपथ ग्रहण गरेका छन् । सोमबार पार्टी वडा कमिटीद्धा आयोजित कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले नयाँ संगठित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
नयाँ संगठित सदस्यहरुलाई सपथ ग्रहण गराउनु हुँदै प्रदेश कमिटी सदस्य खुलालले नेकपा एमालेमा संगठिन हुनुभएका सदस्यहरुले नेकपा एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउनुभयो । उहाँले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नु पर्ने बताउनुभयो । नयाँ संगठिन सदस्यको जुझारूपनले एमालेको लक्ष्य प्राप्तीमा थप सहयोग पुग्ने बताउँदै एमालेको नीति, सिद्धान्त, विचार र आचरण भन्दा बाहिर कोही पनि नजाने विश्वास व्यक्त गर्नुभयो ।
एमाले ९ नम्बर वडा कमिटी अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य रामचन्द्र अर्याल, जिल्ला सल्लाहाकार परिषद उपाध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, नगर कमिटी सदस्य रमेश मिश्र, विष्णुमणि अधिकारी, कल्पना थापा, बिवश अधिकारी, सुरेश बेरोजगारलगायतको आतिथ्यता थियो । हेटौंडा–९ मा एमालेका ४६ जना नयाँ सदस्यहरु संगठित भएका छन् ।