हेटौंडा– मानवसेवा आश्रम हेटाैंडाले दुई बङ्गलादेशी नागरिकलाइ पारिवारिक पुनर्मिलन गराउन सफल भएकाे छ । विगत ५ वर्षदेखि आश्रमा आश्रीत बङ्गलादेशी नागरिहरु मोहम्मद बाबुलाल र ममिना बेगमकाे पारिवारीक पुनर्मिलन गराउने भएकाे हाे ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरी उनिहरूलाई बिदाई गरिएको छ । उनीहरुलाई मानवसेवा आश्रमले पुस ८ गते फलाईटमार्फत बङ्गलादेशमै पुगेर पारिवारिक पुर्नमिलन गराउने तयारी रहेको आश्रमका अभियन्ता होमनाथ पौडेलले बताउनुभयाे । बिदाई कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, हेटौंडा ९ का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारी लगाएतले उहाँहरूलाई बिदाई गर्नुभएकाे हो ।