मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नमुना कक्षा व्यवस्थापनको अनुगमन गर्नुभएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास संस्थाद्धारा मनहरी गाउँपालिका–९ रजैया स्थित युवा वर्ष आधारभुत विद्यालयमा सञ्चालित कार्यक्रमको शुक्रबार उहाँले अनुगमन गर्नुभएको हो ।
कार्यक्रम मार्फत संस्थाले नमुना कक्षा व्यवस्थापन कार्यक्रम अन्तरगत पाठ्य पुस्तकमा समावेश शैक्षिक सिकाईका कुराहरु भित्ते लेखन, पेन्टिङलगायतका माध्यमबाट सहज बनाएको छ । कार्यक्रमको अनुगमन गर्नुहुँदै प्रमुख खुलालले प्राप्त शैक्षिक कृयाकलापका समग्रीको उचित प्रयोग र व्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले संस्थाले साना विद्यार्थीलाई लक्षित गरि निर्माण गरेको उक्त कुराले पठन पाठनमा सहजता मिल्ने भन्दै त्यसको संरक्षणमा समेत ध्यान दिन आग्रह गर्नुभयो । नमुना कक्षा व्यवस्थापन कार्यक्रमले विद्यालय तहमा भरर्खरै स्कुल भर्ना भएका साना– साना विद्यार्थीहरुलाई पठन पाठनमा थप सहज हुने उहाँको भनाई थियो ।
कार्यक्रमका बारेमा जानकारी दिनुहुँदै कार्यक्रम संयोजक अर्जुन खड्काले उक्त कार्यक्रम अघिल्लो बर्षकै निरन्तरता रहको बताउनुभयो । उहाँले अघिल्लो वर्ष जिल्लाका ८० वटा विद्यालयहरुमा कार्यक्रम कायान्वयन गरिएको र यस वर्ष नमुना कक्षा व्यवस्थापन कार्यक्रम अन्नरर्गत मनहरी गाउँपालिकाको ३५ वटा विद्यालयमा उक्त कार्यक्रम गर्न लागिएकोमा २३ वटामा कार्यान्वयन भईसकेको जानकारी दिनुभयो । यस्तै बकैया गाउँपालिकाको वडा नम्बर ११ र १२ मा १४ वटा, बाग्मती गाउँपालिकामा २१ वटा, र राक्सिराङ गाउँपालिकामा ३० वटा विद्यालयमा गरी यो वर्ष एक सय वटा विद्यालयमा कार्यक्रम कार्यान्वयन गर्ने उहाँले जानकारी दिनुभयो ।
अनुगमनमा जिसस प्रमुख खुलालसहित, भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठक, सामुदायिक बिकास संस्थाको अध्यक्ष पदमा पौडेल, प्लान ईन्टरनेशनल नेपालका बसन्त श्रेष्ठको सहभागिता थियो ।