हेटौंडाः ३ नम्बर प्रदेश सभाले हाल सम्म ३६ वटा कानुन निमार्ण गरेको छ । सोमबार ३ नम्बर प्रदेश सभा सचिवालयले प्रकाशन गरेको “प्रदेश सभा दर्पण” को दोस्रो अङ्कको बिमोचन कार्यक्रममा सभामुख सानु कुमार श्रेष्टले प्रदेश सभाले हालसम्म ३६ वटा विधेयक पास गरेको जानकारी दिनुभएको हो ।

३ नम्बर प्रदेश सभा सचिवालयले प्रकाशन गरेको “प्रदेश सभा दर्पण” को दोस्रो अङ्क सोमबार पत्रकार सम्मेलन गरेर विमोचन गरिएको थियो । प्रदेशसभाले गत आर्थिक वर्षमा गरेका सबै कामको बिवरण समेटिएको पुस्तक सभामुख श्रेष्ठले बिमोचन गर्नुभएको हो । पुस्तक विमोचन कार्यक्रममा उहाँले हाल सम्म ३६ वटा विधेयक सभाबाट पारित भएको साथै ७ वटा विधेयक विभिन्न समितिहरुमा छलफलका क्रममा रहेको जानकारी दिनुभएको छ ।
त्यस्तै ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक आगामि भदौ ८ गते बस्ने तयारी भएको समेत उहाँले जानकारी दिनुभयो । अब बस्ने प्रदेश सभा बैठकमा महत्वपुर्ण प्रदेश लोकवेवा आयोग सम्बन्धी विधेक पेश हुने सभामुख श्रेष्टले बताउनुभएको छ । त्यस्तै प्रदेशको राजधानी र नामाकरणको बिषय भने कार्यव्यवस्था परामर्श समितिको बैठकले छलफल गरेर संसदमा पेश गरेपछि मात्र प्रवेश पाउने बताउनुभयो । कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, प्रदेशका सांसदहरु लगायतकाको सहभागिता रहेको थियो ।