सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ । काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ । सो क्रममा ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका छन् ।