श्रम क्षेत्रलाई व्यवस्थित गर्न श्रम प्रतिष्ठान गठन गरिने भएको छ । आज संसदमा आर्थिक वर्ष २०७८७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनाद्र्धन शर्माले श्रम प्रतिष्ठान गठन गरिने बताउनुभएको हो । श्रम निरीक्षणको प्रभावकारीता अभिवृद्धि, श्रम बजार निरीक्षण गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने बजेटमा उल्लेख छ । रोजगारदाता र श्रमिकबीच मेलमिलाप कायम गर्न तथा श्रमिकहरुको सीप विकास गरि रोजगारीमा जोड्ने पनि उहाँले बताउनुभयो ।