हेटौंडाः ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाको भुमिका विना विकास सम्भव नभएको बताउनुभएको छ । सोमबार २० औं अन्तराष्ट्रिय युवा दिवशका अवसरमा सामाजिक विकास मन्त्रालयद्धारा प्रदेश युवा बिकास सम्बन्धी नीति तथा कार्यक्रमका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री दुलालले समृद्धिकालागि युवाको भुमिका महत्वपुर्ण हुने बताउनुभएको हो ।

युवाको सक्रिय सहभागिता विना सुखि नेपाली र समृद्ध नेपालको सपना साकार नहुने भन्दै उहाँले केन्द्र सरकार र प्रदेशले युवाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभएको छ । प्रदेश सरकारले युवाको भुमिकालाई बुझेको भन्दै चालु आर्थिक वर्षमानै प्रदेश युवा परिषद गठन गर्ने बताउनुभएको छ । उहाँले युवा परिषद गठनकालागि आवश्यक कानून निर्माणको चरणमा रहेको समेत बताउनुभयो । मन्त्री दुलालले युवाकै माध्यमाबाट आर्थिक क्रन्ति सम्भव रहेको भन्दै युवाले आफ्नो प्रबृतिमाथि बिजयय प्राप्त गरेर समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताउनुभयो । युवाहरुमा अहिले अरुले जिम्मेवारी दियोस भन्ने प्रबृति संस्कारका रुपमा विकास हुँदै गएको भन्दै उहाँले यसले युवामा काम गर्ने संस्कार हराउँदै गएको बताउनुभयो । विदेशमा गएर त्यहि काम गर्न पछि नपर्ने युवा आफ्नै देशमा काम गर्न तर्फ नलाग्नु अहिलेको सबै भन्दा ठुलो समस्याका रुपमा विकास भएको प्रति उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो । युवाले परिश्रम गर्नुपर्छ भन्ने कुरा बुझ्नु पर्ने मन्त्री दुलाललको भनाई थियो ।

नेपालमा अहिले सम्मको शिक्षा समय सापेक्ष नभएको भन्दै उहाँले प्रदेश सरकारले शिक्षाको गुणत्मक विकासमा जोड दिएको बताउनुभएको छ । अहिलेको आवश्यक्तता अनुसारको शिक्षामा परिर्वतन गर्ने तर्फ समेत सरकारले काम गरिरहेको मन्त्री दुलालले बताउनुभएको छ । विकासकालागि युवो सक्रियता देखानुपर्नेमा मनत्री दुलालको भनाईथियो । कार्यक्रममा सामाजिक बिकाश मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीले युवाको क्षेत्रमा काम गर्नका आफुहरु तयार रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीको अन्य गर्दै कृषिमा युवा सक्रियता बढाउने तर्फ सरकारले काम गरिरहेको भन्दै त्यसमा यवाको सक्रिय सहभागिता हुने पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागि बिभीन्न क्षेत्रका युवाहरुले शिक्षा क्षेमा परिर्वतन हुन जरुरी रहेको, युवा लक्षित प्राथमिक्ता तोकेर कार्यक्रम संचालन हुनुपर्ने, दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने, युवा परिषद छिटो गठन हुनुपर्ने, युवालाई भविष्यको कर्णधारमात्र हैन वर्तमानको साझेदार बनाउनुपर्ने, एकद्धार प्रणलीबाट तालिमको व्यवस्थापन गर्नुपर्ने, युवालाई उद्यमशिलतामा जोड्नुपर्नेलगायतका सुझाव दिएका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका युवा सम्बन्धी महाशाखा प्रमुख खुसीराम अधिकारीले युवाका बारेमा प्रदेश सरकारको सोँच, लक्ष्य र रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।