पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव निर्वाचित हुनुभएको छ । निवर्तमान वन मन्त्री समेत रहनुभएका यादव २२ हजार ५ सय ३७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गर्नुभयो ।











