पर्साको ठोरी गाउँपालिका-१ को अध्यक्षमा एमालेका धनमान थापा मगर विजयी हुनु भएकाे छ । ६ सय ५१ मत ल्याएर उहाँ वडा अध्यक्षमा विजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उहाँ निकटम प्रतिद्वन्द्वी भन्दा २१ मत मात्रै बढी ल्याएर विजयी भएकाे हाे । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवराज फुँयालले ६ सय ३० मत प्राप्त गर्नुभयाे । जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका रामप्रकाश कुँवरले २० मत प्राप्त गर्नुभयाे । वडा नं १ को निवर्तमान वडा अध्यक्ष कुवँर ०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएर ६ सय ८ मत ल्याएर विजयी हुनु भएकाे थियाे ।