हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिनु भएका दिपकबहादुर सिंहले आफुले जितेमा यहाँको विकासका काममा सबैको सल्लाह अनुसार लाग्ने बताउनु भएको छ । आज पत्रकार सम्मेलन गर्दै उहाँले हेटौंडाको विकासमा पहिले देखिनै लागिपरेको र अब पनि लाग्ने उहाँले बताउनुभयो ।
पहिले पनि यहाँको चक्रपथ, हेटौंडा अस्पताल लगायतका क्षेधमा आफ्नै कारण धेरै काम भएको दावि गर्दै सिंहले भन्नुभयो–हाम्रो पालामा सुरु भएका विकासका कामहरुले अहिले पनि निरन्तर्ता मात्र पाएको बताउनुभयो । चुनाब आफु जित्नेमा विस्वस्त रहेको उहाँले बताउनुभयो । हेटौंडामा अहिले पनि धेरै खालका समस्याहरु देखापरेकाले ती समस्या समाधान गर्न सम्वन्धीत क्षेत्रका बिज्ञहरुलाई समेत राखेर काम गरिने उहाँले बताउनुभयो ।