file photo

मकवानपुर – मकवानपुरमा शनिबार छुट्टा छुट्टै मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोबरमा भएको छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।
ईन्द्रसरोवर –२ हेभीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको बा ९० प २६०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भारत घर भइ हाल काठमाडौं डेरा गरि बस्ने ३५ वर्षीय बिकास जैसवालको मृत्यु भएको छ । भने, मोटरसाइकलमा सवार भारत घर भई हाल काठमाडौं बस्दै आएका अन्दाजी १८ वर्षीय गौतम कुमार गम्भीर घाइते रहेको मकवानपुर प्रहरीले जनाएको छ । गम्भीर घाइते गौतम कुमारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।
सोही सडकखण्ड अन्तर्गत काठमाडौंबाट हेटौंडा तर्फ आउदै गरेको बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल आजै बिहान इन्द्रसरोबर गाउँपालिका–२ मा दुर्घटना हुुँदा मोटरसाइकलमा सवार दाङ घर भएकी २३ वर्षीया आसिका चौधरीको मृत्यु भएको थियो ।