मकवानपुर – बागमती प्रदेश सरकारमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरुले राजिनामा दिनुभएको छ । प्रदेश सरकारमा सहभागी ३ जना मन्त्रीहरुले शनिबार साँझ मुख्यमन्त्री शालिकराम जम्कटेलसमक्ष सामुहिक राजीनामा बुझाउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी राप्रपा बागमती प्रदेश संसदिय दलका नेतासमेत रहनु भएका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री उद्वव थापा, वन तथा वातावरण मन्त्री राजु बिष्ट र उद्योग, पर्यटन तथा सहकारी मन्त्री डम्बर तामाङले संयुक्त रुपमा राजीनामा बुझाउनु भएको हो ।
राजीनामा दिनु अघि प्रदेशसभा बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता थापाले सरकारबाट बिहिरिने घोषणा गर्नु भएको थियो । उहँँले पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा रहने बताउनु भएको थियो । राप्रपाको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी संघीय तथा प्रदेश सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो ।