हेटौंडा– महिलाहरुको आर्यआर्जनमा टेवा पु¥याउने उद्देश्य सहित हेटौंडा उपमहानगरपालिकाले १५ दिने सवारी प्रशिक्षण सुरु गरेको छ । आर्यआर्जनका लागि महिला लक्षित कार्यक्रम अन्तरगत उपमहानगरले हेटौंडा ११ मा रहेको पोयोनिर मल्टिपर्पस ड्रईभि· सेन्टरमा ४ चक्के सवारी साधनको प्रशिक्षण सञ्चालन गरेको हो ।
प्रशिक्षणमा उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुबाट महिलाहरु सहभागि रहेका छन् । प्रशिक्षणको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी छन् । तालिमाको उद्घाटन गर्दै उपमहानगरका प्रमुख लामाले सिपलाई प्रयोग गरेर अघि बढ्दै आर्यआर्जनमा जोडिन आग्रह गरीन् ।
उनले तालिम लिनका लागि भनेर घरबाट निस्कनु नै भोलीको भबिष्यको सुरुवात भएको बताइन् । उनले जुट आटले तालिममा आएको हो त्यो लक्ष्य पुरा गरेर अघि बढ्न जोड दिइन् । तालिम लिएपछि सवारी चालक अनुमती पत्र लिएर काम सुरु गर्दै महिला उद्यमीको रुपमा आफुलाई अघि बढाउन आग्रह गरीन् । हेटौंडा ११ का अध्यक्ष जुना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाको आतिथ्यता रहेको थियो ।