काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अध्यक्ष ओली कोभिड सङ्क्रमणका कारण विगत चार दिनदेखि भक्तपुर, बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ । अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई विज्ञप्तिमार्फत धन्यवाद समेत दिइएको छ ।