हेटाैंडा – बागमती प्रदेशको मन्त्रीहरुको शपथग्रहणमा सन्चारकर्मिहरुलाइ प्रवेशमा रोक लगाएको छ । मंगलबार प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ६ जना मन्त्री थप गरेका थिए । पाण्डेले थपेका मन्त्रीहरुको शपथग्रहणमा पत्रकारहरुलाइ प्रवेश गर्न रोक लगाइएको हो ।
यसअघि प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको शपथग्रहणमा पनि सन्चारकर्मिहरुलाइ प्रवेश गर्न रोक लगाइएको थियो । मंगलबार पनि साझ ५ बजेको लागि राखिएको शपथग्रहणमा यतिबेलासम्म पत्रकारहरुलाइ प्रवेश गर्न दिइएको छैन । प्रदेश प्रमुख कार्यालयमा शपथग्रहण कार्यक्रमको समाचार सङ्कलन गर्न आएका सन्चारकर्मिहरुलाइ प्रदेश प्रमुखले रोक लगाएको भन्दै जान दिइएको छैन । सरकारी मिडियाको सिमित पत्रकारलाइ मात्रै प्रवेश गर्न दिएर निजि पत्रकारलाई प्रवेशमा रोक लगाएको भन्दै सन्चारकर्मिहरुले विरोध गरिरहेका छन् । सन्चारकर्मिहरुलाइ बाहिर राखेर भित्र शपथग्रहण कार्यक्रम गरिरहेको भन्दै उनिहरुले प्रदेश प्रमुख र बागमती प्रदेश सरकारको विरोध गरेका छन् । नेपाल पत्रकारमहासंघ मकवानपुरको निवर्तमान अध्यक्ष हरि हुमागाइले शपथग्रहणमा सन्चारकर्मिलाइ प्रवेश गर्न रोक लगाएर प्रदेश प्रमुख सन्चारकर्मिहरुसङ्ग डराएको बताए । उनले पटक-पटक सन्चारकर्मिलाइ प्रदेश प्रमुख कार्यालयमा समाचार सङ्कलन गर्न जान रोक लगाएको भन्दै विरोध जनाए । ५ बजेदेखी समाचार सङ्कलन गर्न आएका सन्चारकर्मिहरु प्रदेश प्रमुख कार्यालय गेटबाहिर उभिरहेका छन् भने भित्र मन्त्रीहरुको शपथग्रहण चलिरहेको छ ।