काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार ७ सय ९ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या ८ लाख २४ हजार ७ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ८ सय ४५ पुगेको छ ।
पछिल्लो समय थप ३ सय ६२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ८ लाख ७ हजार ५ सय १६ पुगेको छ । निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५९ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसै गरी, पछिल्लो समय २ लाख ३६ हजार ४८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ८९ जना छ ।