मकवानपुर– शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथ मकवानपुरमा स्थापना ३ महिना अघि स्थापना भएको शैक्षिक सहयोग अक्षय कोष नेपालको अध्यक्षमा पुन जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल चयन हुनुभएको छ । कोषको सोमबार भएको पहिलो साधारणसभाले ३ वर्षकालागि पुन खुलालकै अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
साभारणसभाले कोषको उपाध्यक्षमा ईन्दिरा न्यौपाने, सचिवमा बद्री बहादुर पाठक, र कोषध्यक्षमा राम कृष्ण थापालाई समेत सर्वसम्मत चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा नवराज अर्याल, संचिता भट्राई, हरि हुमागाई, लक्ष्मी माझी, राम सागर गुरागाँई र मुकुन्द प्रसाद अधिकारी तथा संस्थागत तर्फबाट सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघलाई चयन गरेको छ ।
संस्थाको विधान अनुसार संस्था दर्ता भएको ३ महिना भित्र साधारणसभा गर्नुपर्ने प्रावधान अनुसार सोमबार साधारणसभा गरिएको हो । कार्यक्रममा अध्यक्ष खुलालले सबैको पहुँच शिक्षामा पु¥याउन संस्थाले भुमिका खेल्ने बताउनुभएको छ । उहाँले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो । नागरिक स्तरबाट भएको प्रयासमा सबैलाई सहकार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले संस्थालाई अगाडी बढाउन आफुले सक्दाे प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । संस्थामा हाल सम्म ५० जना सदस्यहरु आवद्ध हुनु भएको छ । तदर्थ समितिका अध्यक्ष खुलालकै अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, ७ नम्बर वडा अध्यक्ष राजन थापालगायत अन्य सदस्यहरुको सहभागिता थियो ।