मकवानपुर– मकवानपुरको भिमफेदी गाउँपालिकामा पनि आगामी ९ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राती १२ बजेदेखी लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
गाउँपालिकाले आफ्नो क्षेत्रमा कोरोना संक्रमित देखा परेसँगै यसको रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिदिन जिल्ला सुरक्षा समितिमा सिफारिसको थियो । गाँउपालिकाको सिफारीस अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको सुरक्षा समितिको बैठकले गाँउपालिकाको क्षेत्रभर लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।