मकवानपुर– प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले संघीय सरकारले द्वन्द पीडितहरुलाईहरुलाई पक्षपात गरेको आरोप लगाउनुभएको छ । गृह मन्त्रालयको आयोजनामा आज हेटौंडामा आयोजित छलफल तथा परामर्ष कार्यक्रमको उद्घाटन् गर्दै उहाँले पहुँच भएका द्वन्द पीडितलाई सरकारले संरक्षण गर्ने र अरुलाई वास्ता नगर्ने प्रवृति त्याग्नुपर्ने वताउनुभयो ।

महिला, शान्ति र सुरक्षासंग सम्वन्धी संयुक्तराष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नम्बर १३२५ र अन्य प्रस्तावहरुको कार्यान्वयन गर्न दोस्रो चरणको राष्ट्रिय कार्ययोजना तर्जुमा सम्वन्धी कार्यक्रमका अवसरमा उहाँले यस्तोकुरा वताउनुभएको हो । द्वन्द पीडितको एजेण्डा बाकेर गैरसरकारी संस्थाहरुले बोल्ने भन्दा पनि अव यो एजेण्डा स्थानीय, प्रदेश र संघीय सरकारको एजेण्डा भएको वताउनुभयो ।
अहिले पनि द्वन्द पीडितहरुको अपमान गर्ने चलन कायम भएकोमा आपत्ति जनाउँदै मन्त्री जमकट्टेलले भन्नुभयो–‘वास्तविक द्वन्द पीडितहरु को छन् । उनीहरुको समस्या वुझ्नुपर्छ । द्वन्द पीडित कसलाई मान्ने अव द्वन्द पीडितको नयाँ परिभाषा गर्न जरुरी छ ।’ नेपालको द्वन्दको प्रकृति अरु देशको भन्दा फरक रहेको उहाँले वताउनुभयो ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार वस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
#जनपत्र