मकवानपुर– शिक्षा क्षेत्रमा सहयोग गर्ने पवित्र उदेश्यकासाथ मकवानपुरमा स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपालको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ । संथाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा साभारणसभा भएको हो ।
साधारणसभामा संस्थाले हाल सम्म गरेका कार्यहरुका बारेमा संस्थाको प्रगति विवरण एवम् भावि कार्यदिशाका बारेमा सचिव बद्री बहादुर पाठकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले हाल सम्म संस्थामा २ जना विशिष्ट सहित ५० जना सदस्यहरु आवद्ध हुनुभएको जानकारी दिनुभयो । त्यस्तै कोषध्यक्ष राम कृष्ण थापाले हाल सम्मको आर्थिक कृयाकलाप सम्बन्धी आर्थिक प्रतिवेदनका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, ७ नम्बर वडा अध्यक्ष राजन थापालगायत अन्य सदस्यहरुको सहभागिता थियो ।