सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँ घटेको छ । गएको शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा काराेबार भएकाे छ ।