मकवानपुर – शैक्षिक सहयोग अक्षयकोष नेपालको कार्यसमिति बैठक मंगलबार बसेको छ । कोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा कोषबाट गतवर्ष भएका कामको समक्षिा गर्नुका साथै अगामी कार्ययोजनाका बारेमा छलफल भएको छ । बैठकमा कोषमा सदस्यता बृद्धि देखि आगामी योजनाका बारेमा छलफल भएको अध्यक्ष खुलालले बताउनुभयो । बैठकले कोषमा सदस्यता बृद्धिकालागि विभिन्न योजनाका साथ लाग्ने साथै संस्थाको लेखा परिक्षण र नविकरणक गर्ने लगायत विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो । बैठमा उहाँले सकृय भएर कोषको बृद्धि गर्ने तर्फ लाग्न सबैलाई अनुरोध गर्नुभयो । एक कारोड बराबरको कोष निर्माण गरेर शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यकासाथ स्थापित अक्षयकोषमा हालसम्म १०९ जना सदस्य रहेको साथै ११ लाख ७१ ह्जार १४३ रुपैया जम्मा भएको छ । बैठकमा कोषका सचिव बद्री बहादुर पाठक, कोषध्यक्ष रामकृष्ण थापा, सदस्यहरु नबराज अर्याल, मुकुन्द अधिकारी, हरि हुमागाईलगायतको सहभागिता थियो ।