हेटौंडा । हेटौंडामा जारी औद्योगिक व्यापार महोत्सवमा शुक्रबार (आज) लोकगायक पशुपति शर्मा र कमेडियन सुमन कार्यराला (दले दाई) आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा तेस्रो दिन आज लोकगायक शर्मा र कमेडियन सुमन कोइराला दले दाई आयोजकले जनाएको छ ।
शुक्रबार दिउँसो महोत्सवमा जग्गा दलालीको कमेडि गरि चर्चा कमाएका कोइराला र चर्चित लोक गायक पशुपति शर्मासंगै बाल गायक सुप्रिम मल्ल र आयुसा गौतमको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । विहीबार महोत्सवमा लोकगायक नवीन पौडेल सरोज लामिछाने, प्रतिमा अर्यालले आफ्नो प्रस्तुती दिनु भएको थियो ।
गत माघ ११ गतेबाट सुरु भएको महोत्सव माघ २३ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निशुल्क स्वास्थ्य शिविरहरु रहेको छ । महोत्सवमा आज अल्फा पोलिक्लिनिकले डाक्टर सहित निशुल्क स्वास्थ्य परिक्षण दिनेछ । आयोजकले महोत्सवको अवलोकन गरेर सेवा लिन समेत आव्हान गरेको छ ।